कैलालीको बुढितोलामा एक कर्मचारी माथी तीनजना भारतीयद्वारा कुटपिट गर्दै गाडी सहित लुटपाट

Image
maya metro

धनगढी – कैलालीको बुढीतोलामा एक कर्मचारी कुटपिट गर्दै गाडी सहित लुटपाट भएको छ ।
जिल्लाको गोदावरी नगरपालिकास्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी माथी कुटपिट गर्दै गाडी सहित लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी हिजो (आईतबार) महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए।

nisarga

तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ।

भण्डारीको टाउको र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ।