
अत्तरिया – २०७४ वैशाखको २१ गते बेलुकी ४ बजेको समयमा .कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १४ की टिका पुरी बाख्रालाई घाँस काट्न भनी घर नजीकै रहेको डुम्रीको रुख चढीन् ।
अहिले टिकाको गोरो,हँसीलो,कलीलो अनुहारले भेट्ने जो सुकैलाई पनी “तपाँइ कसरी ह्वील चेयरमा?”भनेर सोध्न बाध्य बनाउँछ । घाँस काटी सकेर धानको बिउ राख्न खेतमा मल पुर्याउने योजना थियो उनको । तर घाँस काट्न चढेको रुखैबाट खस्दा उनको जीवनले अर्कै लय समात्यो । घाँस काट्न रुख चढेकी उनी त्यहि रुखबाट खसेर खेतको आलीमा परीन् ।

खेतको आलीमा कम्मर बजारीयो जुन कहिल्यै सन्चो हुने छाँट छैन् । खसेको समयमा उनलाई त्यति ठुलो चोट लागेजस्तो लागेको थिएन किनकी उनी आफैले खल्तीमा रहेको मोबाइल झिकेर फोन गरी घटनाबारे छिमेकी दाईलाई जानकारी गराएकी थिईन् । तर घटनास्थलमा छिमेकी पुग्दासम्म उनको दुखाईले सिमा नाघीसकको थियो । बेस्सरी कराइरहेकी उनलाई एम्बुलेन्स बोलाएर नजीकैको स्वास्थ्य चौकी हुँदै सेती प्रादेशीक अस्पताल पुर्याईयो तर जटील केस भन्दै सेतीले कोहलपुर मेडिकल कलेज रेफर गर्यो ।
कोहलपुरले तत्काल काठमाडौँ लैजान भन्यो । कमजोर आर्थीक अवस्थाको टिकाको परिवारले पैसाको कुनै बन्दोबस्त नभएपछी भगवान भरोसामा घर फिर्ता लिएर आयो । केहि समयपछी भारतमा मजदुरी गर्न गएका उनका बुवा फिर्ता भएपछी उनलाई काठमाडौँ लगीयो । बुढेसकालका आमाबुवाकी एक्ली सन्तान हुन उनी । भएको घर र जमीन बेचेर उपचारमा लागेका टिकाका आमाबुवाले काठमाडौँबाट पनी आर्थीक अभावमै स्पाइनल इन्जुरी भएको अवस्थामा फिर्ता ल्यायो ।
करिब तीन महिनाको समय एक्ली छोरीको उपचारमा व्यतित गर्दा भएको घडेरी र घर बेच्यो उत्त परिवारले । आफ्नो बलबुताले भ्याएसम्म एक्ली छोरीको उपचार गरेको उत्त परिवारले न छोरीको स्वास्थ्य अवस्था नै सुधार गर्न सक्यो न सम्पत्ति नै रह्यो । बुढेसकालको साहरा सम्झीएकी छोरीको जीवन नै अन्धकारमय भएको आँखै अगाडी देखेकी टिकाकी आमा एकदिन हिँड्दा हिँड्दै बेहोस भएर लडीन् । टिकाको परीवारमा अर्को बज्रपात पर्यो,उनकी आमाको घाँटीको नसा नै चुँडीएछ । उता टिकालाई दैनीक कर्मकालागी पनी साहराको खाँचो थियो ।
पढ्ने, सरकारी जागीर खाने र आमाबुवालाई खुसी दिने उनका सपना क्षणभरमै भष्म भएका थिए । आफ्नो साहरा बनेकी आमालाई पनी गुमाउनु पर्यो । उपचारकै क्रममा असोज २८ गते उनकी आमाको मृत्यु भयो । जीवनमा आईपरेका घटनालाई सहर्ष स्वीकार गर्नुभन्दा अर्को कुनै विकल्प टिका र उनका बुवासंग रहेन । एउटा सँस्थाको सहयोगमा कम्प्युटर पढाइ गरेकी टिकाले दुई वर्ष जसोतसो काकाको पसल चलाईन् । पछील्लो डेढ वर्षदेखी उनी कैलालीको अत्तरियामा रहेको सु प समावेशी विधालयमा अध्यापन गराईरहेकी छन् ।
त्यहाँसम्म पुग्न उनलाई परिलक्षीत नामक सँस्थाले सहयोग गरेको हो । उनलाई मासिक रुपमा केहि तलब पनी परिलक्षीतले नै दियो १ वर्षसम्म । सोहि पैसाले उनी कोठा भाडामा बस्दै आएका ६८ वर्षीय बुवा र आफ्नो खर्च चलाँउदै आएकी छन् । टिकासंग परीलक्षीतले १ वर्षको लागी मात्रै सहमति गरेको थियो । त्यसपछी २०७८ माघदेखी १ वर्षकोलागी अर्को सँस्था सप्रोस नेपालले सहयोग गरीरहेकोे छ । सप्रोस नेपाल संगको सहमतीका अब पाँच महिनामात्रै उनीसंग बाँकी छन् । पाँच महिनापछी के गर्ने,कहाँजाने भन्ने कुनै ठेगान छैन् ।
६८ वर्षीय बुवाकी उनी एक्लो साहरा हुन् । सु प समावेशी विधालय अपांगता भएका बालबालीकाहरु आवाशीय रुपमा अध्यापन गराँउदै आएको विधालय हो । त्यहाँ आएदेखी उनलाई आफुजस्तै अन्य बालबालीकाहरु देखेर केहि सहानुभुती मिल्न थालेको छ । शारीरीक अशत्तता भएदेखी समाजले सुनाउँदै आएका नानाथरी कुरा सुन्नु परेको छैन । समाजले विनाअर्थै होच्याउने मनशायले दिने दया भावको सहानुभुती सुन्दा सुन्दै उनी थाकीसकेकी थिईन् तरपनी गर्न सक्ने आफुसंग कुनै विकल्प थिएन ।
समाजले उनीमाथी प्रयोग गर्ने “ कुन जुनीको पाप होला यो ? विचरा” लगायतका शब्द उनलाई मनै पर्दैनन् । घुम्ने कुर्चीमा बस्ने सपना देखेकी उनी एकाएक ह्वील चियरमा पुगीन् । अपांगता भएका व्यत्तिलाई समाजले हेर्ने नजर फरक रहेको उनी बताँउछीन् । स्पाइनल इन्जुरीका कारण दिशा पिसाव नियमित हुँदैन । दिशा,पिसाव नियमित गर्नकालागी औषधी,पाइप लगायत महिनाकै चार हजार बढीका सामग्री किन्नुपर्छ । कक्षा १२ पास गरीसकेकी उनी सरकारले आफ्नो क्षमता बमोजीमको जागीर उपलब्ध गराईदिनु पर्ने बताँउछीन् ।
आर्थीक अभावमा रोकीएको पढाइलाई निरन्तरता दिने उनको चाहना छ । पढेलेखेका तर अपांगता भएका व्यत्तिलाई सरकारले क्षमता बमोजीमको रोजगारी उपलब्ध गराईदिँदा उनीहरु अरुको भर पर्नु पर्दैन उनले भनीन “हामीजस्तालाई हरेक महिना सिमित भत्ता दिनुको सट्टा उचित हुने रोजगारी उपलब्ध गराईदिनु आवशयक छ ।” उनीसंग आधा कट्टा जमीन बाँकी छ । सोहि जमीनमा ह्विल चेयरमैत्री घर बनाएर आफ्नो क्षमता बमोजीमको जागीर खाएर बुढेसकालका बुवालाई खुसी दिने टिकाको सपना छ ।














