अछाममा चट्याङ लागेर ९ बाख्रा मरे

Image
maya metro

अछाम – अछाममा चट्याङ लागेर शनिवार साँझ  ९ वटा बाख्रा मरेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा चराउन गएकि बालिका घाइते भएकी छन्।

nisarga

साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ।