पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

Image
maya metro

काठमाडौं – पहाडी भूभागका १–२ स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

nisarga

महाशाखाका अनुसार बुधवार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाले मेघगर्जन, चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।