डोटीमा एक महिला मृत फेला

Image
maya metro

डोटी – डोटीमा एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन्।

बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो।खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

nisarga

उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरले जनाएको छ ।