डोटीमा आयोजना गरीएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा

Image
maya metro

डोटी – डोटीमा आयोजना गरीएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् । शनीबार डोटी जिल्ला अस्पतालमा आयोजना गरीएको निःशुल्क स्वास्थ्य शिविरमा ६३० जनाले सेवा लिएका हुन् । दिपायल सिलगढी नगरपालीका,माया मेट्रो हस्पीटल,जिल्ला अस्पताल डोटी र भैरव प्रसाद गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३८४ जना महिलाले सेवा लिएका छन् ।

त्यसैगरी १६८ जना पुरुष र ७८ जना बालबालीकाले सेवा लिएको जनाईएको छ । आर्थिक अभावका कारण रोग पालेर बसेका बिरामीहरुका लागी विशेषज्ञ चिकित्सक मार्फत चेकजाँच गराई औषधी उपचार गर्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको आयोजको भनाई छ । शिविरमा मायाँ मेट्रो अस्पताल धनगढी र जिल्ला अस्पताल डोटीका विशेषज्ञ सहितका डाक्टरहरुले चेकजाँच गरेका थिए ।

nisarga