डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताएका छन्।

nisarga

खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्युु भएको हो। डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको हो।