नदीजन्य पदार्थबाट गोदावरीमा साढे ४ करोड राजस्व संकलन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टीबाट करिब साढे ४ करोड बढि रुपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले खुटिया, खैराना र गोदावरी नदीमा नदीजन्य पदार्थ उत्खननबाट चालु आर्थिक बर्षमा ४ करोड ४८ लाख ३५ हजार ७५० रुपैयाँ राजस्व संकलन गरेकोे हो ।

nisarga

नदीजन्य पदार्थको राजस्व संकलन समितिका संयोजक गणेश पनेरुका अनुसार नगरपालिकाले २०७९ पुष ५ गते देखि २०८० जेठ मसान्त सम्ममा उक्त राजस्व संकलन गरेको हो ।

नगरपालिकाले ठेक्का मार्फत नदीजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहेको भएपनि यस आर्थिक बर्षमा भने आह्वान गरेको बोलपत्रमा कसैको आवेदन नआएपछि नगरपालिकाले आफै कर्मचारी खटाएर राजस्व संकलन गरेको हो ।

यसबाट नगरपालिकाको आन्तरिक आयमा बल पुगेको छ । नगरपालिकाको मुख्य आम्दानीको स्रोत नदीजन्य पदार्थको रोयल्टी रह्दै आएको छ ।