डोटीमा एनसीसी तालिमको शुभारम्भ

Image
maya metro

डोटी – डोटीमा एनसीसी तालिमको शुभारम्भ गरीएको छ । सोमबार एक कार्यक्रमकाबिच भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले तालिमको शुभारम्भ गरेका हुन् । नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय सेवा दल कार्यक्रम अन्र्तगत लागि डोटी जिल्लाबाट छनौट भएका विद्यार्थीहरुकालागी उत्त तालिम सञ्चालन हुनेछ ।

तालिममा के.आई.सिंह गाउंपालिका–६ स्थित श्री नवदिप विद्या निकेतन बोर्डिङ्ग स्कुल सलेनाका १८ छात्रा र १८ छात्र गरी ३६ जना, र दिपायल सिलगढी नगरपालिका–२ स्थित श्री दिल्पेश्वर माध्यमिक विद्यालय दिपायलका १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी छन् । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले “अनुशासन नै राष्ट्र सेवाको मुल जग हो” भन्ने आदर्श वाक्य भएको एनसीसी तालिमको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, बफादारिता तथा ईमान्दारीताबारे सिकाउनु रहेको बताए ।

nisarga

उनले प्रशिक्षार्थीमा राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकाश गराउनका साथै भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वंम सेवकको भुमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्नु समेत उत्त तालिमको उदेश्य रहेको बताए । तालिममा देशभरबाट सात हजार ७०६ जना सहभागी भएका छन् ।