डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता

Image
फाइल फोटो
maya metro

अत्तरिया – डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता भएका छन्।

दिपायलको सेती पुल नजिकै नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले बताए।

nisarga

दिपायल–सिलगढी नगरपालिका–७ पिपल्लाकी ७ वर्षीया खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका छन्।

बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।