बालकुमारी झडपमा गम्भीर घाइते सुदूरपश्चिमका युवकको मृत्यु

Image
maya metro

काठमाडौं –  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा सुदूरपश्चिमका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

nisarga

उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए। निधन हुनेहरुमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको बताए। वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।