बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

Image
maya metro

बाजुरा – बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

आज (शुक्रवार) जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

nisarga

अप्रेशनबाट बच्चा जन्माएकी दुर्गा र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।