वेदकोटका नगरपालिकाका विद्यालयमा ४ गतेसम्म बिदा

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले असार २ गतेदेखि ४ गतेसम्म बिदा दिएको हो।

nisarga

मौसम पूर्मानुमान महाशाखाले आगामी तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ ।

बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।