
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि असार ९ गते आइतबार (भोली) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि भोली बिहान १० बजे अत्तरियास्थीत नमस्ते पार्टी प्यालेसको सभाहलमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

भोली नगर तथा वडाहरुबाट प्रवाह हुने स्वास्थ्य,दमकल तथा सरसफाइ बाहेकका सेवा बन्द हुने पनि नगरपालिकाले जनाएको छ ।















