गोेदावरीमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामि मंगलबार (मंसिर २१ गते) देखि सुरु हुने भएको छ । आयोजक गोदावरी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगर स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता वडा नम्बर ८ स्थीत जमुना नगरमा रहेको दुर्गा भवानी माविमा हुने भएको छ । प्रतियोगितामा २२ वटा सामुदायीक र २३ वटा संस्थागत गरि ४५ वटा विद्यालय सहभागी हुने जनाईएको छ ।

nisarga

रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले जानकारी दिए । १२ लाख रुपैयाँ अनुमानित बजेट रहेको र प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराइने उनले बताए ।

केहि खेलहरु गोदावरी ८ स्थीत स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा खलाइने जनाईएको छ । शुक्रबार (मंसिर २१ गतेसम्म) चल्ने प्रतियोगिताको संम्पुर्ण तयारी पुरा भएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटन मंगलबार बिहान ९ बजे नगर प्रमुख विरेन्द्र भट्टले गर्ने भएका छन् ।