सैनिक महाविद्यालय तेघरीले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा आयोजित नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले तेघरीले हात पारेको छ ।

गोदावरी नगरपालिकाले मंसिर १८ गतेदेखि सुरु गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो ।

nisarga

त्यसैगरी दुर्गालक्ष्मी नमुना मावि अत्तरियाले १० स्वर्ण, १३ रजत र १९ कास्य पदकसहित दोस्रो, दुर्गा भवानी मावि जमुनानगरले १० स्वर्ण, ६ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम सैनिक आवासीय महाविद्यालय तेघरीलाई २० हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो दुर्गालक्ष्मी नमुना माविलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै तेस्रो दुर्गा भवानी मावि जमुनानगरलाई पनि १० हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दुर्गा भवानी माविमा सञ्चालन भएको थियो ।

संस्थागत र सामुदायीक गरि ४५ विद्यालय सहभागि रहेको प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराईएको थियो । प्रतियोगिता आज बेलुकी अबेर सम्पन्न भएको हो ।