प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

Image
maya metro

बैतडी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक छन्।

nisarga

त्यस्तै, वैकल्पिक खेलाडीमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन्। प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन्। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा हुँदैछ।

रासस