
अत्तरिया – घोडाघोडी नगरपालिकामा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गोदावरी नगरपालिकाका विद्यालयहरूबाट सहभागी भइ सफलता हात पारेका खेलाडीहरुलाई गोदावरी नगरपालिकाले सम्मान गरेको छ ।
प्रतियोगितामा गोदावरीका प्रतिनिधि टोलीले १२ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्दै कुल ३९ पदकसहित जिल्लाभर तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

उक्त उपलब्धिलाई सम्मान गर्न विजयी खेलाडीहरूलाई प्रमाणपत्र, पदक तथा सम्मान प्रदान गरिएको हो।
नगर प्रमुख बिरेन्द्र भट्टले प्रतिभाशाली विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
















