
अत्तरिया – कैलालीका पत्रकारहरुलाई मल्टिमिडिया रिपोर्टिङबारे प्रशिक्षण प्रदान गरिएको छ ।
संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्य तथा सुदूरपश्चिम प्रदेश सभा सचिवालयको सहकार्यमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ ३० र ३१ गते धनगढीमा उत्त प्रशिक्षणको आयोजना गरेको हो ।

कैलालीका ३२ जना पत्रकार सहभागि उक्त प्रशिक्षणको मुख्य प्रशिक्षकको रुपमा शिव पुरी रहेका थिए ।
डिजिटल युगमा सूचनाको बहुआयामिक प्रस्तुती आवश्यक भइसकेको हुँदा मल्टिमिडिया रिपोर्टिङ फलदायी बन्ने प्रशिक्षार्थीहरुले बताएका छन् ।















