कैलालीका वरिष्ठ वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Image
maya metro

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको डिभिजन वन कार्यालयमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले सात लाख ३१ हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा यादवसँग सात लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

nisarga

यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको सिलसिलामा यादवले सेवाग्राहीसँग सात लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।