
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धनगढी स्थित मायामेट्रो अस्पतालबिच सम्झौता भएको छ ।
सोमबार खाने पानीका अध्यक्ष चेतराज पन्त र अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदबिच सम्झौता भएको भएको हो ।

सम्झौता अनुसार बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपभोक्ताहरुलाई मायामेट्रो अस्पतालमा उपचार गराउँदा उपचार तथा आपकालिन सेवामा विशेष छुट हुनेछ ।
साढे सात प्रतिशत देखि २० प्रतिसम्म छुटको व्यवस्था गरिएको खाने पानीका अध्यक्ष पन्तले बताएका छन् । यसले उपभोक्तालाई केही राहत हुने अध्यक्ष पन्तको भनाई छ ।















