
अत्तरिया – कैलालीको धनगढीका- ४ किशोर खुटिया नदीमा बेपत्ता भएका छन् ।
बिहिबार दिउँसो गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित सेहरीको झोलुङ्गे पुलमा जन्मदिन मनाउन आएका ४ किशोर खुटिया नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा धनगढी- ४ बस्ने १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेब भण्डारी, जाबेज भण्डारी र प्रतिक चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । संगै आएका अन्य ४ जना भने सकुशल रहेका छन् ।
बेपत्ताहरुक खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।














