
अत्तरिया – जेनजी पुस्ताले कैलालीको अत्तरियामा पनि प्रदर्शन गरेको छ ।
आज दिउँसो काठमाडौं लगायत देशका विभिन्न सहरहरुमा प्रर्दशन गरेको जेनजी पुस्ताले कैलालीको अत्तरियामा पनि सडक प्रदर्शन गरेको हो ।

अत्तरिया बजारमा विरोध र्याली निकाल्दै उनीहरुले सरकार र नेतृत्व विरुद्धमा नाराबाजी गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल नै आफ्नो स्वरको प्रमुख माध्यम भएकाले त्यसमा अनावश्यक नियन्त्रण स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्न नहुने र भ्रष्टाचार विरुद्ध आवाज उठाउने उद्देश्यले गरिएको प्रदर्शनमा काठमाडौंमा आज १५ जनाको मृत्यु भइसकेको छ ।















