
अत्तरिया – कैलालीमा प्रहरीले एकैदिन ४२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले मंगलबार विभिन्न स्थानबाट ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
उनका अनुसार लागूऔषध दुर्व्यशनी, कुटपिट लगायतका विभित्र मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेकाहरूलाई पक्राउ गरिएको हो । सबैभन्दा इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका मालाखेती )ले २२ जनालाई पक्राउ गरेको सिंहले बताए । उनका अनुसार धनगढीबाट ८ जना, भजनीबाट ५ जना, टीकापुरबाट ४ जना र बौनियाबाट ३ जनालाई पक्राउ गरिएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिनेछ । पक्राउ परेका फरार प्रतिवादीमा जेनजी आन्दोलनमा कारागारबाट भागेकाहरू भने नरहेको प्रहरीले जनाएको छ ।















