बैंकिङ कसूर र चोरी मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – बैंकिङ कसूर र चोरी मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चोरी मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएका दोधारा चाँदनी नगरपालिका–२ सिर्जना टोल बस्ने ३९ वर्षीय गोर्खे दमाई र ३६ वर्षकी जानकी दमाई रहेका छन्।

nisarga

यस्तै बैंकिङ कसूर मुद्दामा १५ दिन कैद सजाय र ७ लाख २५ हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ३६ वर्षीय गोपाल राना पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।