
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
गोदावरी नगरपालकाको स्वास्थ्य शाखाले भव्यताका साथ दिवस मनाएको हो ।

सो अवसरमा लामो समयदेखि योगदान पुर्याउने स्वयंसेविकाहरुलाई सम्मान पनि गरिएको थियो ।
अवकाश प्राप्त स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान गरिएको थियो ।















