प्रहरी निरीक्षक पन्तले गरे सेभ हाउसमा सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय इप्रका मालाखेतीमा कार्यरत प्रहरी निरीक्षक पुष्कर पन्तले महिला तथा बालबालिका सेभ हाउसमा सहयोग गरेका छन् ।

मंगलबार जन्मदिनको अवसर पारेर पन्तले अत्तरियामै रहेको महिला तथा बालबालिका सेभ हाउसमा सहयोग गरेका हुन् ।

nisarga

४० जना बालबालिका आश्रित सेभ हाउसमा पन्तले करिब ५० हजार बराबरको खाद्यान तथा न्योनो लुगा सहयोग गरेका हुन् ।