
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्याउले बजारमा रहेको सुर्योदय सामुदायिक वनको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्याउले बजारमा रहेको संस्थाकै प्राङ्गणमा शनीबार भएको साधारण सभामा गोदावरी नगरपालिका वडा नम्बर- ८ का वडा सदस्य हरिराम चौधरीे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गोदावरी इलाका वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बहादुर बोहरा विशिष्ट अतिथि रहेका थिए । उनले वन जंगल विना मानव जीवन नै कल्पना गर्न नसकिने बताउँदै सुर्योदय सामुदायिक वन संरक्षणमा यस्का उपभोत्ताले महत्वपूर्ण योगदान गरिरहेको बताए । उनले वन स्थानीयकै सम्पत्ति भएकोले संरक्षण गर्नुपर्ने बताए ।

त्यस्तै वडा सदस्य चौधरीले वन संरक्षणमा सामुदायिक वन समितिसंगै स्थानीयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वन हामी सबैको साझा सम्पत्ति भएकोले चोरी,निकासी तथा अतिक्रमण गर्न नहुने बताए कार्यक्रममा संस्थाका सचिव चेतराज ओझाले गत आर्थिक वर्षको आय–व्यय,चालु आर्थिक वर्षको अनुमानित आय–व्यय,कार्ययोजनाहरु पेश गरेका थिए ।
साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो । सुर्योदय सामुदायिक वनमा हाल करिब एक हजार उपभोत्ता रहेका छन् ।














