
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ मा रहेको समैजी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मनीराम चौधरी चयन भएका छन् ।
समूहको सोमबार बसेको १८ औं वार्षिक साधारण सभाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

समूहको उपाध्यक्षमा राजेश्वरी पाण्डे चयन भएकी छिन् भने सचिवमा सुर्य जोशी र कोषाध्यक्षमा हिरा शाही चयन भएका छन् ।
त्यस्तै सह सचिवमा शुसिला चौधरी चयन भएकी छिन् भने सदस्यहरुमा मैसरा भुल,नन्दराज भट्टराई, शंकर चौधरी, रुप सिंह मिजार र पदम सिंह चौधरी चयन भएकाछन् भने एक जना सदस्य अर्कोदिन थप गरिने जनाइएको छ ।














