
कास्की – पोखरामा एक वृद्धाको हत्या गरेको अभियोगमा आफ्नै नाति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–३१ बेगनास गाउँ बस्ने ७२ वर्षीया दालकुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाति २१ वर्षीय आशिष परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सीआरभी अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वी चोकबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।













