कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप, ८ जना घाइते

Image
maya metro

कञ्चनपुर – कञ्चनपुर कारागारमा शुक्रवार दिउँसो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन्।

शुक्रवार दिउँसो ४ बजे कारागारमा कैदीबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन्।

nisarga

जसमध्ये, किरण, करण, दिनेश र राजेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चारै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।