
अत्तरिया – कैलालीमा १७ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
१७ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका प्रतिवादी डडेल्धुराको आलिताल गाउँपालिका- ८ घर भएर कञ्चनपुरको वेदकोट नगरपालिका-५ बस्ने ४५ वर्षीय प्रेम भन्ने सुरज थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले थापालाई कञ्चनपुर प्रहरीको समन्वयमा पक्राउ गरेको बताए ।
उनकाअनुसार ९ भदौ २०६५ मा दर्ता भएको ५३ नम्बर मुद्दामा थापा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी थिए । ७ भदौ २०६५ मा घटनापछि उनी घट्नास्थलबाटै फरार रहेका थिए ।
थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














