भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका बेबारिसे अवस्थामा फेला

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका बेबारिसे अवस्थामा फेला परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरको ६ वटा बोका (बाख्रा) प्रहरीले फेला पारेको हो।

nisarga

उक्त बाख्रालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जनाएको छ।