कञ्चनपुरमा हिलोमा फसेको बाघको डमरुको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा हिलोमा फसेको बाघको डमरुको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गौरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको डमरुको मृत्यु भएको हो ।

बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गौरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए ।

nisarga

वन निकुञ्जको टोलीले बाघको बच्चा उद्दार गर्दा भावि दिनहरुमा बगिनीले गाँउमा आतंक मच्चाउने भन्दै छाडेका थिए । बिहान जिउँदै भेटिएको डमरु साँझ मृत फेला परेको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्दारमा गएको तर उद्दार नगरिकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबि गरेका छन् ।

बरिष्ठ वन अधिकृत डिसीले डमरुको उद्दारका लागि निकुञ्ज प्रमुखसँग आफुले भनेको तर, उनले नै त्यो बच्चा मर्न देउ भनेर जवाफ दिएपछि हामी चिन्तित भएको दाबी गरेका छन् ।

तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत चन्द्रशेखर चौधरीले डमरुको संयोगले मृत्यु भएको बताए । शनिबार मात्रै बाघको आक्रमणबाट पुनर्वास नगरपालिका – ६ की सुना निरौलाको मृत्यु भएको थियो ।