गोदावरीका एक पुरुषको रुखबाट लडेर मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीका एक पुरुषको रुखबाट लडेर मृत्यु भएको छ।

गोदावरी नगरपालिका-१ बनखेत बस्ने ६० वर्षीय प्रेमबहादुर थापाको बिहिबार राती मृत्यु भएको हो।

nisarga

थापा भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थिए।

उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।