
अत्तरिया – कैलालीमा ११ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले बालिकालाई २२ पुसको साँझ पैँसाको प्रलोभन देखाएर बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप र जाहेरीका आधारलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दिएपछि चौधरीलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















