धनगढीमा दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – धनगढीमा प्रहरीले दुई लाख नगदसहित जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–१३ झलारीगाउँमा खुल्ला जमिनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्रा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

nisarga

उनकाअनुसार वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक बलराम पाण्डेयको कमाण्डमा खटिएको टोलीले जुवाखालमा छापा मारेर दुई लाख ५ सय रुपैयाँ नगद, ६ गड्डी तास र ११ मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उममहानगरपालिका–१३ बस्ने ४२ वर्षीय रामचरण चौधरी, ३० वर्षीय चेतन राना, ५० वर्षीय जगदिश राना, ४० वर्षीय सागर राना, ५० वर्षीय राजु राना, ४२ वर्षीय रामभरौसे राना, ५० वर्षीय कैद राना, २८ वर्षीय धर्मराज ओझा रहेका छन् ।

यस्तै, सोही ठाउँका ३५ वर्षीय प्रदेश राना, ४२ वर्षीय श्रवण राना र ४० वर्षीय खडक रानालाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।