
धनगढी – धनगढी १३ कैलाली गाँउमा दुई समुह बीच विवाद हुँदा झडप भएपछि उग्ररुप लियो। मंगलबार साँझ करि ६ बजेका समयमा दुई टोलका युवाबीच पुरानो रिसिईवीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई स्थिति उग्र बनेको थियो। घटनामा दुई प्रहरी र एक स्थानीय घाईते भएका छन्।
प्रहरीका तफबाट घाइते हुनेमा असई डबल साउद र धनगढी वडा प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक बलराम पाण्डे र स्थानीय लोकेश खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशबबहादुर चन्दले जानकारी दिए। असई साँउद र खत्री गम्भीर चोट लागेकोले अहिले पनि उपचार भइरहेको छ।

होली खेल्ने क्रममा दुई पक्षबीच बादविवाद भएपछि झै–झगडा सुरु भएको थियो। घटनाको भएपछि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली र धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो।
स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब दुई सय देखि तीन सय जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। ढुंगामुढाबाट प्रहरीको बिएसी ३४८० नम्बरको स्कार्पियो भ्यानको समेत सिसा फुटेको छ।
विवादले झडपको रूप लिएपछि भीड नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल पठाइएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
अन्य संलग्न व्यक्तिहरूको खोजतलास गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। दुई टोलका युवाबीच पुरानो रिसइबीरिसीईबीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई स्थिति उग्र बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
















