सभापति थापाको राजीनामा कांग्रेसले गर्‍यो अस्वीकार

Image
maya metro

काठमाडौं – नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् ।

nisarga

”सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले पदबाट राजिनामा दिएका थिए ।