पूर्वमन्त्री दीपक खड्का पक्राउ

Image
maya metro

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी मनाेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

nisarga

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।

२४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।

त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।