
संयुक्त अरब एमिरेट् (यूएटई)को अबुधाबीमा भएको आक्रमणमा सात नेपाली घाइते भएका छन् । अजबान क्षेत्रमा भएको घटनामा सात नेपाली र पाँचजना भारतीय नागरिक घाइते भएका हुन् ।
एक नेपालीलाई गम्भीर चोट लागेको बताइएको छ । यसअघि पनि यूएईमा आक्रमणका क्रममा भारतीय नागरिकहरू घाइते भएका समाचारमा उल्लेख छ ।

सरकारी समाचार संस्था डब्लूएएमका अनुसार यो घटना एक औद्योगिक क्षेत्र नजिकै भएको हो ।
सरकारी अधिकारीहरूले ड्रोनबाट खसेको भग्नावशेषबाट नेपाली र भारतीय नागरिक घाइते भएको बताएका छन् ।
गत हप्ताको सुरुमा, यूएईमा खलिफा आर्थिक क्षेत्र केजादनजिकै देशको वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्दा भग्नावशेष खस्दा पाँच भारतीय घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
त्यसअघि बिहीबार, यूएईमा अवरोध गरिएका क्षेप्यास्त्रहरूको भग्नावशेष सडकमा खस्दा मृत्यु हुने दुईजनामा एक भारतीय नागरिक पनि थिए ।















