
कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ स्थित भैरव जनकल्याण सामुदायिक वनभित्र लुकाई–छिपाई राखिएको अवस्थामा सगुन जातको काठ बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले सो स्थानबाट थान–६ (करिब ७० क्युफिट) काठ बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद काठको अन्दाजी मूल्य ७७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले काठ नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, मझगाउँ कञ्चनपुरको जिम्मा लगाएको जनाएको छ।















