
बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्य कल्पना देवी थापाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ५ः३० बजे वडा नं। ६ स्थित फालासैन बजारबाट घर फर्किने क्रममा ३७ वर्षीया थापा दुर्घ टनामा परेकी हुन् ।

प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला माथिल्लो भिरबाट अ चानक खसेको ढुंगाले ला गेपछि उनी करिब ५० मिटर तल सडकतर्फ खसे की थिइन् । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाबारे स्थानीयबासीले प्रहरी कन्ट्रोल कक्षमा खबर गरेपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको नेतृत्वमा टोली परिचालन गरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली घट ना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनु सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।













