बैतडीमा भरुवा बन्दुकसहित एक पक्राउ

Image
maya metro

बैतडी – जिल्ला बैतडी पाटन नगरपालिका–२ कफलचुडाका ४० वर्षीय सुरेन्द्र मल्ल भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मल्लको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो ।

nisarga

प्रहरीले बन्दुकसहित मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।