राजनितिकर्मी महिला र सञ्चारकर्मीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको धनगढीमा राजनितिकर्मी महिला र सञ्चारकर्मीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) काठमाडौंको आयोजनामा राजनितिकर्मी  महिला तथा सञ्चारकर्मीहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

nisarga

कार्यक्रममा सुदूरपश्चिममा सक्रिय महिला राजनीतिकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

महिला राजनितिकर्मीले सञ्चारमाध्यहरुमा पाउँदै आएको स्थान, चुनौती र दुवैपक्षले सुधार गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा महिला नेतृत्वको सशक्तिकरण, राजनीतिमा महिलाको सहभागिता, सञ्चारमाध्यमको भूमिका तथा समसामयिक सामाजिक–राजनीतिक विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरू राजनितिकर्मीहरुले महिला प्रतिनिधित्वलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै सुधार गर्नुपर्ने कुराहरु पनि उल्लेख गरेका थिए ।

उनीहरुले सञ्चारमाध्यममा पुरुषको तुलनामा महिला राजनितिकर्मीहरुले कम स्थान पाउने गरेको पनि गुनासो गरेका थिए ।

त्यस्तै सञ्चारकर्मीहरुले महिला राजनितिकर्मीहरुसंग सहज सम्पर्क हुन नसक्दा र नेतृत्व तहमा न्यून सहभागिता हुँदा समाचारका विषयवस्तुमा उनीहरुका भनाई समेट्न समस्या हुने गरेको बताएका थिए ।

आगामी दिनमा उनीहरुका भनाईलाई थप प्राथमिकता दिने सञ्चारकर्मीहरुले बताएका थिए ।

मिडिया एड्भोकेसी ग्रुपका अनुसन्धानकर्ता उमेश पोखरेलले कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए भने लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ तथा महिला समुत्थान परियोजना र सामाजिक विकास मन्त्रालयसँग आबद्ध मेनुका बस्नेत विष्टले सहजीकरण गरेकी थिइन् ।