इप्रका मालाखेतीको प्रमुखमा डिएसपी हिरा सिंह महरा हाजिर

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) को प्रमुखका रुपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महरा हाजिर भएका छन् ।

महरा सुदूरपश्चिम गम्भीर अपराध अनुसन्धान शाखा धनगढीबाट सरुवा भएर इप्रका मालाखेती आएका हुन् । इप्रका मालाखेतीका प्रमुख रण बहादुर चन्दको डोटी सरुवा भएपछि उनको स्थानमा महरालाई पठाइएको हो ।

nisarga

गत जेठ १ नेपाल प्रहरीले एकै दिन १४९ डीएसपी र ४६ एसपीको सरुवा गरेको थियो ।