अत्तरियाको तापक्रम ४० डिग्री नाघ्यो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा बुधबार बेलुकीको तापक्रम ४० डिग्री नाघेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार (आज) बेलुकी ५ः४५ बजे अत्तरिया क्षेत्रको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस मापन गरिएको हो ।

nisarga

यो यस वर्षको हालसम्मकै उच्च तापक्रम हो । न्युनतम तापक्रम ३९.६ डिग्री सेल्सियस मापन गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार शाहले जानकारी दिएका छन् ।