ठगीमा परेका किसानलाई फेरि फागुन मसान्तको भाका

Image
maya metro

अत्तरिया – ७५ प्रतिशत अनुदानमा कृषि उपकरण पावर टिलर पाउने आसमा ठगीएका किसानलाई रकम फिर्ता गर्ने भाका फेरि सारिएको छ ।

सुरो नेपाल नामक संस्थामार्फत कसैलाई एक हप्ताभित्र त कसैलाई १ महिनाभित्र उपकरण दिन्छु भनेर २०८१ साउनमा रकम संकलन गरेकी गोदावरी नगरपालिका वडा नम्बर–६ की प्रियङ्का चौधरीले फेरि भाका सारेकी हुन् ।

nisarga

पावर टिलर ठगी प्रकरण : प्रियङ्का चौधरीले ५ बजेसम्म आउँछु भनेपछि दिनभर कुरे किसान, तर आइनन्

आज इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलमा उनले २०८३ फागुन मसान्तमा ८२ जना किसानको रकम फिर्ता गर्ने गरी कागज गरेकी हुन् ।

उनले त्यसबाफत एक जनाको नाममा ५९ लाख २२ हजार १२५ रुपैयाँको चेकसमेत दिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले बताएका छन् ।