दार्चुलाको महाकालीमा नेपाल–भारत जोड्ने पुल तयार

Image
maya metro

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको पिथौरागढ जिल्ला अन्तर्गत धार्चुला बालुवाकोटनजिकको छारछुम जोड्ने पक्की पुल निर्माण भएको छ ।

नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको यो पुल निर्माण छ महिनापहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन ।

nisarga

पुलको मुख्य संरचना निर्माण भइसकेको भए पनि नेपालतर्फ भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने सुरक्षा चेक पोस्ट संरचना निर्माण हुन बाँकी रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

उहाँका अनुसार पुल सञ्चालनका लागि आवश्यक जग्गा प्राप्तिको काम भइसकेको छ । पुल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन तथा अन्य प्रशासनिक तयारीका विषयमा काठमाडौँस्थित भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

दुई लेनको ११० मिटर लामो पुल र मुख्य सडकमार्गसँग जोड्ने बाटो पनि निर्माण भएको औपचारिक पत्रसमेत भारतीय पक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

२०७९ असोज ९ गते नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतका तर्फबाट उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको शिलान्यास गर्न‘भएको थियो । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले निर्माण गरेको पुलको लागत ३२ करोड ९८ लाख भारु रहेको थियो ।