
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा प्रथम वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
शिवशक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको शनीबार वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले उद्धघाटन गरेका थिए । प्रतियोगिताको उपाधी जोनापुरको मदरल्यान्डस युवा क्लबले हात पारेको छ ।

क्लबको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मदरल्यान्डसले आयोजक शिवशक्ति युवा क्लबलाई २-० ले हराएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेसंगै मदरल्यान्डसले २१ हजार पाँच रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उप विजेतामा चित्त बुझाएको आयोजक शिवशक्तिले ११ हजार पाँच रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडा नम्बर ८ को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा ५ वटा टिम सहभागी भएका थिए ।
विजेता र उप विजेता टिमलाई वडा नम्बर ८ का वडा अध्यक्ष चौधरीले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा व्यक्तिगत र संस्थागत सहयोग पनि रहेको थियो ।














